रक्सी खाएर गाउँले थर्काउँदा काँग्रेस विजयनगर गाउँ सभापति प्रहरी नियन्त्रणमा

कपिलवस्तु ।
रक्सीको नशामा बबाल मच्चाउँदा नेपाली काँग्रेस विजयनगर गाउँ समिति सभापति जानकी प्रसाद यादवलाई प्रहरीले नियन्त्रण लिएको थियो । बिजयनगर गाउँपालिका वडा नं। ६ फरेनी चोकमा यादवले स्थानीय सँग झगडा गरेको प्रहरी निकट स्रोतले बताएको छ । पदको धम्की लगाउँदै बबाल मच्चाउन लागे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुधवार राती अन्दाजी ९ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।


घटना स्थलमा इलाका प्रहरी कार्यालय गणेशपुरको प्रहरी पुगे पछि ड्युटीमा खटिएका प्रहरीलाई समेत उनले अभद्र व्यवहार गरेका थिए । यादवले प्रहरी निरीक्षक रण बहादुर विष्टलाई फोन गरी गाली गर्ने र थर्काउन लागे पछि नियन्त्रणमा लिई प्रहरी कार्यालयमा पुराएको थियो । प्रहरीले राजनैतिक दबाबका कारण १ घण्टा भित्रै नियन्त्रण मुक्त गरेको थियो ।

यादवलाई नियन्त्रणमा लिई छाडेको प्रहरी निरीक्षक विष्टले स्वीकार गरेका छन् । पक्राउ परेका यादव नेपाली काँग्रेस को असोजमा सम्पन्न गाउँ अधिवेशनबाट गाउँ समिति सभापतिमा विजयी भएका थिए । उनी गौतम बुद्ध साझेदारी बनका अध्यक्ष समेत हुन ।

घटनाको विषयमा सभापति यादव सँग सोधपुछ गर्दा गलत आरोपमा फसाएको दाबी गरे । उनले थप कुरा भेट गरेर बताउने जवाफ समेत दिए ।

TOP