काँग्रेस विजयनगर सभापति जानकी यादव संसदीय दलको नेता बीरेन्द्र कनोडियाको बिरोध, जसपा अध्यक्ष उपेन्द्र यादवलाई मालाले स्वागत

कपिलवस्तु । संसदीय दलको नेताको बिरोध गरेका काँग्रेस विजयनगर अध्यक्ष जानकी यादव थप विवादित भएका छन् । बुधवार जसपाले आयोजना गरेका कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई माला लगाएर स्वागत गर्न पुगे पछि उनी आलोचित हुन पुगेका छन् ।

कृष्णनगर नगर अध्यक्ष देवानन्द शुक्लाले उपेन्द्र यादललाई माला लगाएको फोटो फेसबुक सार्वजनिक गर्दै जसपा प्रवेश गरेको आरोप लगाएका छन् । शुक्लाले फेसबुकमा पोष्ट गर्दै ‘ विजयनगर गाउँपालिकाका नेपाली काँग्रेसका सभापति जानकी यादव उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्नु भएको छ । केही साथीहरुले फोटो पठाउनु भएकोमा धेरै धेरै धन्यवाद ’ लेखेका छन् ।

विजयनगर अध्यक्ष यादव अभिशेख प्रताप शाह (देउवा पक्षका नेता ) निकट हुन । शाहको निर्देशनमा उनेले संसदीय दलका नेता कनोडियाको विरोध गर्दै उनले विज्ञप्ती निकालेका थिए ।

कार्तिक १५ गते विजयनगर गाउँपालिकामा नेता कनोडियाको प्रमुख आतिथ्यतामा सम्पन्न चिया पान कार्यक्रमको बिरोध गर्दै यादवले विज्ञप्ती प्रकाशन गरेका थिए । उनले कार्यक्रम आधिकारीक नभई स्वार्थवस भएको आरोप समेत लगाएका थिए ।

TOP