विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ लाख नाघ्यो
एजेन्सी । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ५१ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप सात हजारको कोरोना संक्रमणबाट मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कुल संख्या ५१ लाख सात हजार पुगेको हो।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै रसियामा १ हजार २३५ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ८७०, युक्रेनमा ७५०, ब्रजिलमा ६१२, रोमानियामा २८६, मेक्सिकोमा २५६, जर्मनीमा २२८ र भारतमा २०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
यस्तै‚ यो अवधिमा विश्वभर झण्डै ५ लाख मानिसमा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ८१ हजार ५००, जर्मनीमा ४८ हजार १००, बेलायतमा ४० हजार ३००, रसियामा ४० हजार १००, युक्रेनमा २४ हजार, टर्कीमा २३ हजार ६०० र नेदरल्याण्ड्समा १६ हजार संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वभर झण्डै ४ लाख मानिस संक्रमणमुक्त भएका छन्।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam