विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सुमन कुलङले जिते
हेटौंडा : चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलङ राईले जितेका छन्।
शनिवार सम्पन्न प्रतियोगितामा निर्धारित दुरि एक घण्टा ५५ मिनेट ५२ सेकेण्डमा पूरा गर्दै उनले उपाधि चुमेका हुन्। उपाधिसँगै राईले नगद ५० हजार जितेका छन्।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार २ सय मिटर उचाइँको पाँचपोखरीमा आज सम्पन्न प्रतियोगितामा दोस्रो र तेश्रो स्थानमा सेनाका गोपाल तामाङ र श्रीकास राईले क्रमशः दुई घण्टा २९ सेकेण्ड र दुई घण्टा १ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै नगद ३० हजार र २० हजार हात पारेका छन्।
चौथो र पाचौं स्थान अर्जुन कुलुङ र तीर्थ तामाङ भएका छन्। महिलातर्फ धादिङका रसिला तामाङ पहिलो भइन्। उनले दुई घण्टा ४४ मिनेट ४३ सेकेण्डमा दौड पूरा गरिन्।
तामाङले नगद ५० हजार प्राप्त गरिन्। सिन्धुपाल्चोकका नितु तामाङले निर्धारित दूरी २ घण्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्दै दोश्रो स्थान प्राप्त पाइन्। तेस्रो, चौंथो र पाचौँ स्थान क्रमश : प्युठानका संगिता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राईले हात पारिन्।
त्यस्तै सिन्धुपाल्चोकका सहभागीतर्फ पुरुषमा संच तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन्।
प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउन यसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए। जिल्लाको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीदेखि सुरु हुने २१ किलोमिटरको म्याराथन ४ हजार २ सय मिटर उचाइँको पाँचपोखरीबाट सुरु भएको हो।
पर्यटन प्रवर्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले बताए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam