कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै
काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक दिउँसो एक बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। पौडेलकाअनुसार बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशनको विषयमा छलफल हुनेछ।
हिजो बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदनका लागि आजको बैठकमा प्रस्ताव प्रस्तुत गर्ने निर्णय गरेको छ। यस्तै महाधिवेशनको तयारीका लागि विभिन्न समिति उपसमिति बनाउने लगायत विषयमा पनि आजको बैठकमा छलफल हुँदैछ।
कांग्रेसको महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका छ। कांग्रेसको संशोधित कार्यतालिका अनुसार बाँकी रहेका गाउँ÷नगर पालिका अधिवेशन कात्तिक ३०, प्रदेशसभा क्षेत्रीय अधिवेशन मङ्सिर ३, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक क्षेत्र मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मङ्सिर ६, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन मङ्सिर १० गते हुनेछ । यसैगरी प्रदेश अधिवेशन मङ्सिर १६ र १७ गरिने कार्यतालिका छ।
अहिले विभिन्न जिल्लामा वडा अधिवेशन भइरहेको छ। विभिन्न कारणले रोकिएका जिल्लाहरुको वडा अधिवेशन हिजोदेखि सुरु भएको हो।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam