ओखलढुङ्गामा जिप दुर्घटना : तीनजनाको मृत्यु, १३ घाइते
ओखलढुङ्गा : ओखलढुङ्गामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप सोमबार बिहान दुर्घटना भएको हो।
एकादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए। दुर्घघटनाबारे थप विवरण आउन बाँकी छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam