पूर्व-न्यायाधीशहरूको एकैस्वर : प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाऊ
काठमाडौं : पूर्व-न्यायाधीशहरूको समूह पूर्व-न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग लगाउन राजनीतिक दलहरूसँग आग्रह गरेको छ।
नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले जबराको राजीनामा मागिरहेका बेला फोरमले महाअभियोगको प्रस्ताव अघि सारेको हो।
पत्रकार सम्मेलन गर्दै फोरमले भनेको छ, ‘रञ्जन कोइरालाविरुद्धको फैसलाबारे सार्वजनिक अभिव्यक्ति दिएको, न्यायाधीशको आचारसंहिता उल्लंघन गरेको तथा पूर्वन्यायाधीश फोरमद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएका १५ बुँदे आधारमा महाअभियोग लगाउनका लागि पर्याप्त आधार भएकाले सरकार, राजनीतिक दल, सांसदहरुलगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशील नागरिकहरु समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं।’
सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने भन्दै कात्तिक ७ गतेदेखि बार आन्दोलनरत छ। त्यस्तै, सर्वोच्चका अन्य १९ न्यायाधीशरूले समेत बेञ्च बहिष्कार गर्दै आएका छन्।
फोरमले जबराविरुद्ध बार र न्यायाधीशले जारी राखेको आन्दोलनमा ऐक्यवद्धतासमेत जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै फोरमका अध्यक्ष सिंहले न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामाले मात्र नपुग्ने भन्दै प्रधानन्यायाधीश नियुक्तिको संवैधानिक प्रावधान नै सच्याउन माग गरे।
न्यायालयको समस्या यस्तो चरम सीमामा पुगिसकेको भए तापनि पछिल्लो समय कुनै पनि जिम्मेवार राजनीतिक दलहरूले मुख खोलेरै पार्टीको धारणा सार्वजनिक गरिसकेका छैनन्।


विज्ञप्ति :
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam