नेपाल प्रहरीका ८ एसपी एसएसपी बढुवाका लागि सिफारिस
काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका आठजना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको छ। सोमबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले यसअघिको बढुवामा छुटेका उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको हो।
प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएका एसपीविरुद्ध कुनै उजुरी नपरे उनीहरु स्वतः बढुवा हुनेछन्।
गृहमन्त्रालयले सुन तस्करी प्रकरणमा मुछिएर मुद्दा खेपेका तर केही समयअघि सफाई पाएका एसपी विकासराज खनालसहित आठजनालाई बढुवा सिफारिस गरेको हो। एसपी खनाल पहिलो नम्बरमा सिफारिस भएका छन्।
बढुवा सिफारिस हुनेहरुमा सुदिपराज भण्डारी, अनुरागकुमार द्विवेदी , राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टिकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल रहेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam