शिवराजमा एमाले रित्तिदै, समाजवादीले सबै वडा कमिटी विस्तार गर्दै

एमालेको गढ भनेर चिनिने शिवराज नगरपालिकामा एकाएक कमजोर हुने देखिएको छ । काग्रेस माओवादी जसपाले पहिला देखि नै निरन्तर गढ भत्काउन लागि परेको र पछिल्लो समय एकिकृत समाजवादी आए पश्चात एमालेमा पहिरो नै गएको छ । नगरका प्रभावशालि नेताहरु समाजवादी तर्फ लागेपछि एमाले कमजोर बन्ने निश्चित जस्तो भएको छ । दुई दिन अघि मात्र शिवराज नगरपालिका वडा ५ मा ५५ सदस्य वडा कमिटि विस्तार भएसगै एमालेलाई थप जटिल बनेको हो । पूर्व एमालेका प्रभावशालि नेताहरु क्षेत्र बहादुर खत्री,जिवलाल पौडेल, मिना परियार लगाएतका नेताहरु अहिले समाजवादीलाई बलियो बनाउन कसरत गरिरहेको छन् । अहिले सम्म शिवराज नगरपालिका वडा १,३,४,५,६,७,८ नम्बर वडामा कमिटि विस्तार भइसकेको नगर अध्यक्ष सरोज पौडेलले बताउनुभयो ।
विहिवार नगरपालिका वडा नं. ६ मा नेकपा (एकीकृत समाजवादी)ले सुरज कुमार शुक्लाको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ शुक्लाको अध्यक्षतामा गठन भएको २५ सदस्यिय वडा कमिटीको उपाध्यक्षमा संगीता पासी, सचिवमा राजेश पासी, उप–सचिवमा शान्ति थारु रहनुभएको पार्टीका नगर अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
उक्त अवसरमा राम बहादुर चौधरीसहित २० जना विभिन्न पार्टी परित्याग गरी नेकपा (एस)मा प्रवेश गरेका छन् । नव प्रवेशीलाई पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर खत्रीले अविर र माला लगाइ पार्टी प्रवेश गराउनुभएको थियो ।
वडा भेलामा बोल्दै केन्द्रीय सदस्य क्षेत्रीले बैज्ञानिक समाजवादको यात्रा तय गर्न सबै आ–आफ्नो ठाउँबाट लाग्नुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट पार्टी भित्र दक्षिणपन्थी, अवसरवाद मौलाएको भन्दै त्यसलाई चिर्न नेकपा (एस) पुर्नगठन गर्नुपरेको बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मीना परियारले मधेसी जनताको मुक्तिको लागि नेकपा (एस) ले निर्णायक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । बर्षौसम्म थिचोमिचोमा पारिएका समुदायको लागि आफ्नो पार्टीले माथि उठाउने काम गर्ने भन्दै कलम चुनाव चिह्न मार्फत गाउँ गाउँमा पार्टी निर्माणको विकल्प नभएको बताउनुभयो ।
नगर कमिटी अध्यक्ष सरोज पौडेको अध्यक्षतामा भएको भेलामा लुम्बिनी प्रदेश कमिटी सदस्य जिवलाल पौडेल, जिल्ला पार्टी उप सचिव ओमप्रकाश कुर्मी, जिल्ला सदस्य लिलामणी आचार्य लगायतको उपस्थिति रहेको थियो

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP