मकालुमा लडेर एकजनाको मृत्यु

संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए।

माझी गतराति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका थिए। गम्भीर घाइते माझीको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए।

माझी उत्तर दक्षिण कोशी सडक आयोजनाको निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनका मजदुर हुन्। उनी केही महिनायता स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए। मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइँदै गरेको प्रहरी कार्यालयले जनाएको छ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP