कपिलवस्तु र दाङमा सवारी दुर्घटना :दुई युवकको मृत्यु
कपिलवस्तु- कपिलवस्तु र दाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका–९ भर्तापुरस्थित सडकमा लु ३९ प ४९६९ नम्बरको मोटरसाइकल दुर्घटनामा चालक २१ वर्षीय विशाल गिरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एडभान्स सिटी अस्पताल बुटवल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै दाङको शान्तिनगर गाउँपालिका–२ बहुला खोलास्थित सडकमा लु.४ त ७७७१ नम्बरको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा सोही ठाउँका टेवा बस्ने २२ वर्षीय लोकबहादुर वलीको घटनास्थलमै मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी भैरहेको जनाएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam