लागु औषधसहित भारतीय पक्राउ
दाङ : दाङमा प्रहरीले लागु औषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बहराइच तहसिल नानपाराका २८ वर्षीय नाइम रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सोमबार बेलुका ५ बजेतिर भारतीय नागरिक जस्ता देखिने व्यक्तिले लमही-९ अमिलियामा लागु औषधको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले चेकजाँच गर्दा नाइम पक्राउ परेका थिए।
नाइमको साथबाट ४५ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए।
नाइममाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्थाबमोजिम २५ ग्राम देखि १०० ग्रामसम्मको परिमाण भएमा १० वर्ष कैद र ७५ हजारदेखि २ लाखसम्म जरिवाना हुने प्रावधान छ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam