पाकिस्तानले भारतलाई आफ्नो भूमि हुँदै अफगानिस्तानमा सहायता सामग्री पुर्याउन अनुमति दिने
काठमाण्डाै – पाकिस्तानले आफ्नो भूमि हुँदै अफगानिस्तानमा सहायता सामग्री पुर्याउन भारतलाई अनुमति दिने भएको छ । भारतले एक महिनाअघि नै पाकिस्तानको बाटो हुँदै अफगानिस्तानमा सहायता सामग्री पुर्याउन अनुमति मागे पनि पाकिस्तानले बल्ल अनुमति दिने भएको हो ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई छिटै अनुमति दिइने बताउनुभएको बीबीसीले जनाएको छ । पाकिस्तानले आफ्नो भूमि हुँदै ५० हजार मेट्रिक टन गहुँ अफगानिस्तान लैजान दिने बताएको खबरमा उल्लेख छ । तर यो विषयमा अझै एक पटक भारतसँग कुरा हुने पाकिस्तानको भनाइ छ ।
यस्तै भारतमा उपचार गराइरहेका अफगानी नागरिकलाई पनि पाकिस्तानले आफ्नो भूमि हुँदै स्वदेश फर्कने अनुमति दिएको छ ।
केही समयअघि अफगानिस्तानको विषयलाई लिएर भारतमा भएको आठ देशको बैठकले पनि पाकिस्तानले सहायता सामग्रीमा अवरोध गर्न नहुने निष्कर्ष निकालेको थियो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam