मिश्रालाई इतिहास रच्ने अवसर, जिल्ला अध्यक्ष र मेयरकाे प्रतिष्ठाकाे विषय
कपिलवस्तु । नेपाली काँग्रेसको संघिय निर्वाचन क्षेत्र अन्तर्गत कपिलवस्तुका ३ क्षेत्रमा बुधवार निर्वाचन हुन लागेको छ । मंगलवार हुन पर्ने निर्वाचन बिवादका कारण एक दिन पछाडी धकेलिएको छ । बिबाद छिचोल्दै ३ क्षेत्रमा निर्वाचनको माहोलले यती वेला कपिलवस्तुको क्षेत्र नं. २ सबै भन्दा चर्चाको विषय बनेको छ । क्षेत्रीय सभापतिका लागि नेपाली काँग्रेसका दुई हस्ती उठे पछि सर्बाधिक चासोको विषय बन्न पुगेको छ । कपिलवस्तु क्षेत्र नं. २ सभापतिमा बुधवार हुने निर्वाचनमा सभापति पदका लागि बिरेन्द्र मिश्रा र केशव श्रेष्ठ भिड्ने भएका छन् ।
दुवै जना बुद्धभुमी नगरपालिका १ का बासिन्दा समेत हुन । नेता मिश्रा काँग्रेस जिल्ला प्रवक्ता हुन भने श्रेष्ठ क्षेत्रीय सभापति र बुद्धभूमि नगरपालिकाका नगर प्रमुख हुन । मिश्रा सस्थापन पक्षको नेतृत्व गर्छन भने श्रेष्ठ जिल्ला सभापतिका विश्वासनीय पात्र हुन । क्षेत्र नं. २ जिल्ला सभापति सुरेन्द्रराज आचार्यको निर्वाचन क्षेत्र भएको हुँदा आफ्नो पकड राख्नु पर्ने ठुलो दवाव रहेको छ । निर्वाचनमा मेयर श्रेष्ठ होमिए पनि जित हारले आचार्यको राजनैतिक यात्रा सम्म अर्थ राख्ने गर्दछ ।
यसो त सभापति आचार्यले कुनै बिबाद नभए पनि यस क्षेत्रको मतदान स्थगित गरेका थिए । क्षेत्रीय सभापतिको २ उम्मेदवारले मिश्रालाई समर्थन गर्दै नाम फिर्ता लिए सँगै मिश्राको जितको संभावना बढेको काँग्रेस कार्यकर्ताहरु बताउछन् । नेता बिरेन्द्र मिश्रा जनता सँग मिल्ने खुवी भएको र निष्ठावान नेता भएको कारणले उनको कार्यकर्ता माझ बलियो सम्वन्ध रहेको छ । प्राय जनताको काममा खट्ने स्वभाव र मिलनसार प्रवृती भएको कारणले उनलाई व्याक्तीगत मत खस्ने अपेक्षा गरिएको छ ।
स्थानीय तहको निर्वाचनमा मेयरको आकाक्षी रहे पनि टिकट भने श्रेष्ठले पाएका थिए । उनले श्रेष्ठलाई जिताउनको लागि ठुलो सहयोग गरेका थिए । यता मेयर श्रेष्ठ पनि यस क्षेत्रका बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । आचार्यको बिश्वाशिला पात्र भएको हुँदा आचार्य समर्थकको भोत पाउने संभावना रहेको छ ।
बुद्धभूमि नगरपालिकाको मेयर समेत भएको हुँदा आफ्नो केही प्रभाव समेत पर्ने देखिन्छ । प्रदेश क्षेत्रीय निर्वाचनमा आचार्य टिममा रहेर निर्वाचन लडेका बाणगंगा नगरपालिकाका नगरप्रमुख पराजित भए सँगै जनप्रतिनिधि भएको फाइदा दल भित्रको आन्तरीक निर्वाचनमा नहुने प्रष्ट भएको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam