नेपाली काग्रेसको १४ औ महाधिबेशन, सुधाकरले समर्थन गरे पछि राजेश बलियो उम्मेदवार

कपिलवस्तु । कपिलवस्तु नेपाली कांग्रेसको १४ औ महाधिबेशन अन्र्तगत कपिलबस्तुमा जिल्ला सभापतिका लागि उम्मेदवारी दर्ता भएपछि चुनावी महोल तातेको छ । नेपाली कांग्रेस कपिलबस्तुमा जिल्ला सभापतिका लागि ३ जनाको नाम चर्चा पाए पनि लामो प्रयास पछि नेता राजेश आचार्यलाई सुधाकर पाण्डेयले समर्थन गरेका छन् ।

पार्टी सभापतिका लागि नेता राजेश आचार्यले उम्मेदवारी दर्ता गराएको उहाको प्रस्तावमा नेता सुधाकर पाण्डेय रहेको क्षेत्रिय सभापति गिरिजेश कुमार पाण्डेयले बताउनुभयो ।

लामो प्रयासपछि नेता आचार्य र पाण्डेय विच सहमति भएको उनले बताए । यस संगै कांग्रेस कपिलवस्तुको सभापतिमा २ जनाको उम्मेदवारी दर्ता भएको छ । कपिलवस्तुको क्षेत्र नं। १ अब्दुल मन्नान खाँ र ३ मा ब्रह्मानन्द उपाध्याय देउवा पक्षका क्षेत्रीय सभापति निर्वाचित भएको र अधिकांस देउवा पक्षीय नेताहरु निर्वाचित भएकाले देउवा पक्षका उम्मेद्वार राजेश आचार्य बलियो उम्मेद्वारका रुपमा रहेका नेताहरु बताउछन् ।

कपिलवस्तुको क्षेत्र नं। २ मा पौडेल पक्षीय क्षेत्रीय सभापतिमा केशव श्रेष्ठ र पौडेल पक्षीय नेताहरु निर्वाचित भएकाले अब्दुल कलाम पनि प्रतिष्पर्धीका रुपमा उभिएका छन् । जिल्लाका १० स्तानिय तहका, ६ प्रदेश सभा निर्वाचन क्षेत्र र तीन प्रतिनिभिसभा मध्ये सबै तहमा चुनाव र सर्बसहमतिबाट नेतृत्व छनौट भएको कांग्रेस कपिलवस्तुको सभापतिका लागि राजेश आचार्य, अब्दुल कलाम बीच प्रतिस्पर्धा हुने भएको छ ।

सुधाकरले समर्थन गरे पछि राजेश बलियो उम्मेदवार बनेका छन । जिल्ला सभापतिको निर्वाचनमा ६०,४० को अनुमान गरिएको छ । ६० प्रतिशत मत राजेशको खेमामा छ भने कलामको खेमामा ४० प्रतिशत मत रहेको जिल्ला नेताहरूको भनाई छ ।

TOP