कांग्रेस जिल्ला सभापतिमा कलाम र राजेश भिड्दै
कपिलवस्तु- कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा राजेश आचार्य र अब्दुल कलाम खाले उम्मेदवारी दिएका छन । आचार्य संस्थापन पक्ष र खाँ पौडेल पक्षको तर्फबाट उम्मेदवार भएका हुन । दुबैले शनिवार दिउसो मनोनय पत्र दर्ता गरेका हुन । यस अघि पौडेल पक्षका सृुधाकर पाण्डेय पछि हटदै आचार्यलाई सभापतिमा समर्थन गरेका छन । आचार्य र कमालले आ- आफनो प्यानल खडा गरेर चुनामा होमिएका छन ।
आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्याय सहीत सुधाकर पाण्डेयले साथ दिएका छन । उता खालाई बर्तमान पार्टी सभापति सुरेन्द्ररा आचार्य, पार्टीको कन्द्रिय सदस्य अतहर कमाल मुसलमान, बैकल्पीक कन्द्रिय सदस्य राजशे सिहको साथ छ । आचार्यको प्यानलमा उप सभापतिमा राम आषिष पाण्डेय, पदम खनाल, सचिवहरुमा सर्जु थारु र माधव पराजुली र सह सचिवमा मोहोम्द वजी अर्सद र राम चरित्र मौर्य रहेका छन ।
यस्तै खाको प्यानलमा उप सभापतिमा हुुमकान्त खनाल र रजत आचार्य, सविचमा शक्ति सिंह ठकुरी र प्रेम रायमाझी तथा सह सचिवमा बिन बहादुर बन्जाडे र बिरेन्द्र श्क्ला रहेका छन । २ वटा उप सभापतिकालागि ५ जना, २ वटा सचिवकालागि ४ जना र २ सह सचिवकालागि ५ जनाको उम्मेदवारी परेको छ ।
५२ सदस्यीय कार्य समितिकोलागि आईतावार तौलिहवा स्थित बुद्धपद उमाबिको खेल मैदानमा मतदान हुने केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए । जिल्लामा कुल १ हजार ८१६ मतदाता छन ।
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
भदौ १४, २०८३
काठमाडौं : रसुवामा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धारका लागि नेपाली उद्धार कार्यलाई तिब्रता दिएको छ। सेनाको हवाई टोलीले…



ghanashyam