विजयनगरमा ३ माेटरसाइकल एक आपसमा ठाेक्किए, १ जनाकाे मृत्युु, २ गम्भीर घाइते ( विस्तृत विवरण सहित)
शिवराज अनलाइन, विजयनगर ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा ३ वटा माेटरसाइकल एक आपसमा ठाेकिँदा १ जनाकाे मृत्युु भएकाे छ भने २ जना गम्भीर घाइते भएका छन् ।
विजयनगरकाे वडा नम्बर ६ फरेनी चोकमा उत्तरबाट दक्षिणतर्फ जाने क्रममा मोटरसाइकल दुर्घटनामा परी वडा नं. ६ खजहनी डिहवा निवासी २५ वर्षीय बंशीलाल चाैहानकाे घटना स्थलमै मुत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
गम्भीर घाइते भएका दुबै जनाकाे संजीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर विष्टले जानकारी दिनुभयो । घाइते हुनेमा शिवराज नगरपालिका – २ खैरी निवासी सुनिल हरिजन र शिवपुजन यादव रहेकाे उहाँले बताउनुभयो ।
लु १३ प ३०९८, लु ३४ प ७०५४ र लु ४१ प ४५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठाेकिएर दुर्घटना भएकाेे उहाँले बताउनुभयो । शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरी निरीक्षक बिष्टले जानकारी दिनु भएको छ ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam