एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष नराख्न नेम्वाङ सहमत
चितवन : नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्तावमा सुवास नेम्वाङ पनि अनौपचारिक रूपमा सहमत भएका छन्।
अध्यक्ष केपी शर्मा ओलीपछि आफू वरिष्ठ भएकाले ओलीपछिको दोस्रो वरिष्ठ पद आफूले पाउनुपर्ने दाबी नेम्वाङले गर्दै आएका थिए।
महासचिव ईश्वर पोखरेलले यसअघि आज दिउँसो नै वरिष्ठ उपाध्यक्ष पद राख्न नहुने बताउँदै आएका थिए।
नेम्वाङले आफूलाई उक्त पदको जिम्मेवारी नदिने अवस्थामा उपाध्यक्ष पद मात्रै राख्न सहमत भएको आफू निकटस्थलाई जानकारी दिएका छन्।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बन्द सत्र ८ बजे शुरु हुने जानकारी दिएका छन्। तर, अझै पनि बन्दसत्र शुरु हुने कुनै सुरसार देखिएको छैन।
यसअघि बन्दसत्र ७ बजे शुरु हुने बताइएको थियो।
पार्टी अध्यक्ष केपी ओली भने अहिले पनि छलफलमै व्यस्त छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam