एमाले महाधिवेशन : ओलीले अध्यक्षका लागि मनोनयन फाराम भर्न पठाए
चितवन : एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षका लागि मनोनयन फाराम भर्न पठाएका छन्। सौराहामा जारी एमाले महाधिवेशनमा फेरि पार्टी अध्यक्ष बन्नका लागि उनले पार्टी निर्वाचन आयोगमा फाराम दर्ता गर्न पठाएका हुन्।
तर निर्वाचन आयोगका पदाधिकारीले भने भोलि बिहान ८ बजे आउनु भन्दै निस्किए। बन्दसत्रमा नाम प्रस्ताव गर्दै अध्यक्ष ओलीले कसैले चुनाव लड्छु नै भने फाराम भरेर लड्न पाउने बताए।
उनले तर भोलि भने महाधिवेशन जसरी पनि सकेर फर्कनु पर्नेमा जोड दिए। आफूले भनेको नामका व्यक्तिलाई मनोनयन फाराम भर्न आग्रह ओलीले गरेका थिए।
अरुले पनि फाराम भरेर चुनाव लड्न सक्ने तर त्यसो गरेर आफूलाई अप्ठ्यारोमा नपार्न ओलीले प्रतिनिधिहरूसँग आग्रह गरे।
उनले प्रस्ताव गरेका व्यक्तिहरु फाराम भर्न हलबाट निस्किए।
पदाधिकारीको प्रस्ताव अहिले रोकिएको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam