एसी मिलान लगातार दोस्रो खेलमा पराजित
एजेन्सी । इटालियन सिरी ए मा एसी मिलान लगातार दोस्रो खेलमा पराजित भएको छ। शीर्ष स्थानको दौडमा रहेको एसी मिलानलाई लगातारको पराजयले दबाब बढाएको छ। आइतबार राति भएको खेलमा एसी मिलान सासुओलोसँग ३-१ ले पराजित हुन पुग्यो।
शीर्ष स्थानको नापोलिसँग समान ३२ अंक भए पनि मिलान अग्रताको अवसरबाट चुकेको छ। एसी मिलानको सिरी ए मा यो लगातार दोस्रो हार हो। पछिल्ला तीन खेलमा मिलानले जित निकाल्न सकेको छैन। नापोली पनि पछिल्ला दुई खेलमा जित निकाल्न असमर्थ हुँदा इन्टरमिलानले अंक दूरी साँघुर्याउने अवसर पाएको थियो। इन्टरभने पछि पाँच खेलमा अपराजित रहँदै ३१ अंकका साथ तेस्रो स्थानमा छ।
उपाधि दाबेदार एसी मिलानलाई पराजित गरेपछि सासुओलो अंक तालिकामा एक स्थान सुधार गर्दै १२ औं स्थानमा उक्लियो। खेलमा एसी मिलानले २१ औं मिनेटमा नै रोमानोलीको गोलमार्फत अग्रता लिए पनि अग्रता जोगाउन असफल भयो।
२४ औं मिनेटमा नै सासुओलोले सामाकाको गोलमार्फत खेल बराबरीमा ल्यायो। ३३ औं मिनेटमा मिलानका काजिरले आत्माघाती गोल उपहार दिँदा सासुओलोले खेलमा अग्रता बनायो। ३-१ ले खेल जित्ने क्रममा उसका लागि बेरारर्डिले ६६ औ मिनेटमा तेस्रो गोल गरेका थिए।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam