रानी एलिजाबेथले गुमाइन् बार्बाडोसको राष्ट्र प्रमुखको हैसियत

एजेन्सी । क्यारेबियन राष्ट्र बार्बाडोसले सोमबार राति बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई राज्यको प्रमुखको रूपबाट हटाएको छ। आफूलाई गणतन्त्र घोषणा गरेपछि बार्बाडोसले सो घोषणा गरेको हो।

योसँगै बार्बाडोसले बेलायतसँग आफ्नो झण्डै ४०० वर्ष पुरानो औपनिवेशिक सम्बन्ध अन्त्य गर्दै देशमा पहिलोपटक दामे सान्द्रा मसोलाई राष्ट्रपति पद तथा गोपनीयताको शपथ गराएको छ।

अंग्रेजको  पहिलो जहाज ४०० वर्ष पहिले यो क्यारेबियन टापुमा पुगेको थियो।

समाचार एजेन्सी रोयटर्सअनुसार राजधानी ब्रिजटाउनको चेम्बरलेन ब्रिजमा मध्यरातमा नयाँ गणतन्त्रको जन्मोत्सव मनाउन भीड जम्मा भएको थियो। उक्त अवसरमा हिरोज स्क्वायरमा २१ तोपको सलामी दिइयो र बार्बाडोसको राष्ट्रिय गान गाइएको थियो।

अझै पनि क्यानडा‚ अष्ट्रेलिया लगायत १६ राष्ट्रले बेलायतकी महारानीलाई राष्ट्र प्रमुखका रूपमा स्विकार्दै आएका छन्।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP