इङ्ग्लिस प्रिमियर लिग : चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी
काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । आज बिहान भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हराएको हो । चेल्सीका मासन माउन्ट र हाकिम जियाले गोल गरे । घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काए ।
चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ । चेल्सीको १४ खेलमा ३३ अङ्क छ । चेल्सीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई एक तथा तेस्रो स्थानमा रहेको लिभरपुललाई २ अङ्कले पछि पारेको छ । वाटफोर्ड १३ अङ्कसहित १७ औँ स्थानमा छ । त्यस्तै एस्टन भिल्लालाई २–१ ले हराएको सिटी दोस्रो स्थानमा यथावत छ । सिटीको १४ खेलमा ३२ अङ्क छ । एस्टन भिल्ला १६ अङ्कसहित १३ औं स्थानमा छ ।
अर्को खेलमा एभर्टनलाई लिभरपुलले ४–१ गोल अन्तरले हराएको छ । लिभरपुलको १४ खेलमा ३१ अङ्क भएको छ । एभर्टनको १६ खेलमा १४ अङ्क छ । आज बिहान भएका अरु खेलमा साउथह्याम्पटन र लेस्टर सिटी, उल्भ्स र बर्नली तथा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् ।
साउथह्याम्पटन र लेस्टरले २–२, वेस्टह्याम र ब्राइटनले १–१ तथा उल्भ्स र बर्नलीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । बर्नली १३ खेलमा १० अङ्कसहित पुछारबाट तेस्रो स्थानमा छ । उल्भ्सको १४ खेलमा २१ अङ्क भएको छ । उल्भ्स छैटाैँ स्थानमा कायमै छ । १४ खेलमा १० अङ्क रहेको नर्विच सिटी १९ र समान खेलमा ७ अङ्क रहेको न्युक्यासल पुछारमा छ ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam