कपिलवस्तु उद्योग बाणिज्य सघं महोत्सव लगाउने तयारीमा
कपिलवस्तु – कपिलवस्तु उद्योग बाणिज्य सघंले बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा चौधौँ कपिलवस्तु महोत्सव लगाउने तयारी थालेको छ । यहीँ माघ १४ गतेबाट १० दिनसम्म सञ्चालन हुने गरी महोत्सवको सञ्चालनका लागी तयारी सुरु भएको आयोजक कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताउजु भयो । महोत्सव सफल पार्नका लागी यसअघिनै बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर संयोजक रहने गरी प्रस्तावना लेखन तथा पुर्व तयारी उपसमिति गठन भईसकेको छ ।
प्रस्तावना लेखनका काम पुरा भइसकेको रेश्मीले बताउनु भयो । कोरोना महामारी कारण बिगत २ बर्ष महोत्सव सञ्चालन हुन नसकेको भएता पनि यस बर्ष महोत्सवलाई ऐतिहासिक बनाउने योजना रहेको सघंका महासचिव मनोज पौडेलले बताउनु भयो ।
माघ १४ बाट महोत्सव सञ्चालनका लागी अध्यक्ष घिमिरेले गृहमन्त्री बालकृष्ण खाणसगं कुराकानी गरेको बताउनु भयो । कोरोनाको तेस्रो लहर भित्रिए महोत्सव संचालन गर्ने या नगर्ने भन्ने बारे अहिले नै भन्न सकिने अवस्था नरहेको तर पनि माघ १४ गतेबाटै महोत्सव संचालन गर्ने गरि तयारी थाल्न गृहमन्त्री खाँणले आश्वासन दिएको अध्यक्ष घिमिरेले बताउनु भयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam