शिवराज ३ का जेष्ठ नागरिकलाई सम्मान तथा पाैष्टिक आहार वितरण
घनश्याम भर, चन्द्रौटा । कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं.३ काे कार्यालयले एक कार्यक्रमका बीच जेष्ठ नागरिकलाई सम्मान तथा पाैष्टिक आहार प्रदान गरेकाे छ । शुक्रबार वडा कार्यालय खरेन्द्रपुरमा वडाभित्रका ८५ जना जेष्ठ नागरिकहरूलाई स्विटर, टाेपी र च्यावल परास प्रदान गरी सम्मान गरिएकाे हाे । शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले ८० वर्ष उमेर पुरा गरेका जेष्ठ नागरिकलाई खादा ओढाई उक्त सामग्रीहरू प्रदान गरी सम्मान गर्नु भएकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले बृद्धबृद्धाहरूलाई सानाे बच्चाको जस्तै परिवारकाे माया, ममता र स्याहारसुसारकाे आवश्यकता रहेकाे बताउनुभयो । बृद्ध अवस्थामा शारीरिक, मानसिक रूपमा अशक्त र कमजोर हुँदै जाने भएकाले माया, स्नेहसहित बृद्धहरूलाई हेरचाहका लागि परिवारले पूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने अधिकारीले बताउनुभयो ।
बृद्धहरूले पारिवारिक माया पाउनु नै सबै भन्दा ठुलो सम्मान भएको बताउँदै आफ्नो सन्तानकाे सरह नै व्यवहार गरी बृद्ध बुवा आमालाई सम्मान र सहयाेग गर्न आग्रहसमेत गर्नुभयो । वडा अध्यक्ष टेकलाल सापकोटाले बृद्ध बुवा, आमाहरूलाई सम्मान गर्न पाउँदा खुसी लागेकाे बताउँदै जेष्ठ नागरिकहरूकाे हाैसला बढाउन सम्मान गरिएको बताउनुभयो ।
यसरी बृद्धहरूलाई सधैँ आदर, सम्मान गर्नु हामी सबैकाे कर्तव्य भएकाे उहाँले बताउनुभयो । अध्यक्ष सापकोटाले सम्मानित हुन छुट्नु भएका वृद्धहरुलाइ घरमै पुगी सो सामग्री प्रदान गरिने बताउनुभयो ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam