ए डिभिजन लिग : एपिएफले पहिलो अंक जोड्यो
काठमाडौं : उपाधि दावेदार थ्रीस्टार क्लबलाई बराबरीमा रोक्दै सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा एपिएफले थ्री स्टारलाई गोलरहित बराबरीमा रोक्दै लिगमा पहिलो अंक बटुलेको हो। खेलको २९औं मिनेटमा हेमन्त थापामगरको कर्नरमा राफयल रिमगागोको हेडर पोस्टमाथिबाट बाहिरियो।
३०औं मिनेटमा मणिकुमार लामाको फ्रिकिकलाई थ्री स्टारका गोलरक्षक प्रिसोले मुस्किलले नियन्त्रणमा लिँदा एपिएफले अग्रताको मौका खेर फ्याँक्यो। लिगमा थ्रीस्टारको चौथो खेलमा यो दोस्रो बराबरी हो।
यसअघि थ्रीस्टारले फ्रेन्ड्ससँग १–१ गोलको बराबरी खेल्दा च्यासलमाथि ३–० को जित र सातदोबाटोसँग १–० को हार बेहोरेको थियो। बराबरीसँगै थ्री स्टारको ४ खेलबाट ५ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ। समान ५ अंक भएपनि संकटा, पुलिस र एनआरटीलाई गोल अन्तरमा पछि पारेको हो।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam