कोरोनाको खोप लगाएवाफत २० हजार घुस लिएको आरोपमा दुई स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं : कोरोनाको खोप लगाइदिएवाफत सेवाग्राहीबाट २० हजार रुपैयाँ घुस लिएको आरोपमा महोत्तरीमा दुई स्वास्थ्यकर्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साह र उनको निर्देशनमा घुस लिने हेल्थ असिस्टेन्ट (विद्यार्थी) कृष्णाकुमार यादवलाई अख्तियारले नियन्त्रणमा लिएको हो।

उनीहरूले कोभिड–१९ विरुद्धको खोप लगाई दिएर सेवाग्राहीबाट लिएको २० हजार रुपैयाँ घुससहित अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। 

TOP