युरोपा लिग प्ले अफ : बार्सिलोनाले नेपोलीको सामना गर्ने
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले युरोपा लिगको नकआउट चरणको ‘प्ले अफ’मा इटालियन क्लब नेपोलीको सामना गर्ने भएको छ। च्याम्पियन्स लिगको पहिलो चरणबाट बाहिरिएको बार्सिलोनाले सोमबार राति स्विट्जरल्यान्डमा भएको प्ले अफ ‘ड्र’मा बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने भएको हो।
बार्सिलोना च्याम्पियन्स लिगको समूह ‘इ’मा तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो। बार्सिलोनाको समूहबाट जर्मन जाइन्ट बार्यन म्युनिख समूह विजेता तथा बेनिफिका समूह उपविजेताका रुपमा च्याम्पियन्स लिगको नकआउटमा स्थान बनाउन सफल भएका थिए।
नेपोली भने युरोपा लिगमा आफ्नो समूहमा दोस्रो भएको थियो। नकआउट चरणको प्ले अफमा स्पेनका चार टोलीले प्रतिस्पर्धा गर्दैछन्। बार्सिलोना र सेभिया च्याम्पियन्स लिगबाट तथा रियल सोसिडाड र रियल बेटिस युरोपा लिगमा दोस्रो भएर प्ले अफमा आएका हुन्।
युइएफएले युरोपा लिगको समूह चरणमा दोस्रो भएको टोली र च्याम्पियन्स लिगको समूह चरणबाट बाहिरिएको टोलीको सोमबार ‘ड्र’ सार्वजानिक गरिएको हो।
प्ले अफको खेलहरु दुई लेगमा हुनेछ। प्ले अफ राउन्डको विजेता टोलीले युरोपमा लिगको अन्तिम १६ मा स्थान बनाउने छ। त्यसपछि पुनः नकआउट चरणको ड्र सार्वजानिक गरिने छ। प्ले अफको पहिलो लेग १७ र दोस्रो लेग २४ फेब्रुअरीमा हुनेछ।
नकआउट चरणका लागि यस्तो छ ‘प्ले अफ’ ड्र
सेभियाविरुद्ध डेनामो
एटलान्टाविरुद्ध ओलम्पियाकोस
आरबी लाइप्जिगविरुद्ध रियल सोसिडाड
बार्सिलोनाविरुद्ध नेपोली
जेनिथविरुद्ध रियल बेटिस
बोरुसिया डर्टमुन्डविरुद्ध रेन्जर्स
सेरिफविरुद्ध ब्रागा
पोर्टोविरुद्ध लाजियो
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam