माओवादी केन्द्रको प्रदेश १ अधिवेशन : पदाधिकारी टुंगो लगाउन कार्यदल गठन
विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको आज (बुधबार) बसेको बैठकले पदाधिकारी टुंगो लगाउन सकेन। प्रदेश अध्यक्षको आकांक्षीमा रहेका केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले समितिको पहिलो बैठकमा आफूहरुले प्रदेशको अध्यक्ष पद छोड्ने सहमति गरेका थिए।
यसपछि नयाँ नेतृत्वमा पाँचथरका हर्कबहादुर नेम्वाङ (मिक्सो), सुनसरीका मुक्साहाङ मेन्याङ्बो (मुकेश) र शिवकुमार डाँडीले अध्यक्षमा दाबी गरेका छन्। बैठकका सञ्चालक तथा प्रदेशका सह-इन्चार्ज सावित्रीकुमार काफ्लेले नयाँ नेतृत्व छनोटका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सह-इन्चार्ज अजम्बर काङमाङको नेतृत्वमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारी रहने गरी कार्यदल गठन गरेको बताए।
उक्त कार्यदलले प्रदेश समितिको आगामी ७ गते बस्ने बैठकमा प्रस्ताव पेश गर्ने जिम्मा पाएको छ। उक्त प्रस्तावमाथि समितिको बैठकमा आवश्यक छलफल हुने र पारित गर्ने माओवादीको तयारी छ। माओवादी नेता टंक गिरीको अध्यक्षतामा भएको प्रदेश समितिकोे बैठकले कमिटीलाई पूर्णता दिने, अधिवेशनमा प्राप्त सुझाव समेटेर प्रतिवेदनलाई पूर्णता दिनेलगायत विषयमा निर्णय गरेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam