आज हुने विश्व सुन्दरी प्रतियोगिता अनिश्चितकालका लागि स्थगित
काठमाडौं : विश्व सुन्दरी प्रतियोगिता (मिस वर्ल्ड) को ग्रान्ड फिनाले अनिश्चितकालका लागि स्थगित भएको छ। प्रतियोगी, आयोजक र अन्य कर्मचारीमा कोरोनाभाइरस संक्रमण भएपछि आज हुने भनिएको फिनाले स्थगित भएको हो। प्रतियोगीहरु कोभिड परीक्षणपछि अब स्वदेश फर्कने भएका छन्।
मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै सबैजना स्टाफमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य विज्ञहरुको सल्लाहमा प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आयोजक स्थल पुएर्तो रिकोमा कोरोनाको स्थितीमा सुधार भए ९० दिनभित्र कार्यक्रम गर्न सकिने जनाइएको छ।
सुरुमा सातजना प्रतिस्पर्धीमा कोरोना संक्रमण भएपछि अन्यमा पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि पुएर्तो रिकोको स्वास्थ्य विभागले प्रतियोगिता रोक्न निर्देशन दिएको हो।
आगामी ९० दिनभित्र प्रतियोगिता गर्ने भनिएपनि कोरोना संक्रमणको स्थितीमा सुधार नआए प्रतियोगिता हुन सक्ने छैन्। सुरुआतमा ड्रेसिङ रुमबाट फैलिएको भाइरस संक्रमण सबैजनामा देखिएपछि केहीलाई आइसोलेसनमा समेत राखिएको थियो।
सहभागी प्रतिस्पर्धीको कोभिड परीक्षण गरेपछि मात्र उनीहरुलाई सम्बन्धित देशमा फर्काइने भएको छ। नेपालबाट नम्रता श्रेष्ठ त्यहाँ पुगेकी छिन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam