पोखराकाे वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा पुग्याे
कास्की – पोखरामा वायु प्रदूषण स्वास्थ्यका लागि घातक अवस्थामा पुगेको छ । वायु प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानुलाई घातक मानिन्छ ।
अहिले पोखरामा एक्यूआई दुई सय चार पुगेको छ । यो प्रदूषण मानव शरीरका लागि अति नै हानिकारक हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । पोखरासँगै विराटनगर, जनकपुर, कीर्तिपुर, सिमरा लगायतका ठाउँमा राखिएका मापन केन्द्रले पनि वायुको प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको देखाएका छन् ।
एक्यूआई एक सयभन्दा माथि गएपछि त्यहाँको वायु प्रदूषण स्वास्थ्यका लागि हानिकारक अवस्थामा पुगेको मानिन्छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले एक्यूआई २५ सम्मलाई मानव स्वास्थ्यका लागि उत्तम मानेको छ । एक्यूआई ५० सम्म मानिसका लागि बसोबासयोग्य मानिने स्वास्थ्यकर्मीहरू बताउँछन् ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam