सेन्ट्रल जोन भलिबल : नेपालका दुवै खेल आज
काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजदेखि बंगलादेशमा सुरु हुँदैछ। बंगलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टोलीले सहभागिता जनाएका छन्। नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलंकाको सामना गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ।
यस्तै पुरुष टोलीले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र आयोजकबीचको खेल आज अपरान्ह पौने पाँच बजे सुरु हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन्।
पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। महिलातर्फ नेपाल साविक विजेता हो। पुरुषतर्फ नेपाल समूह चरणबाट बाहिरिएको थियो।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam