कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी
काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को सभापतिमा संस्थापन पक्षका कृष्णप्रसाद यादव निर्वाचित भएका छन्। पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदीय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णप्रसाद यादव विजयी भएका हुन्। उनले १४१ मतान्तरले राम सरोजलाई पराजित गरेको हुन्। राम संस्थापन इतर पक्षका उम्मेदवार हुन्। इतर पक्षमा विमलेन्द्र निधि र डाक्टर शेखर कोइरालाको समर्थन थियो।
कृष्णले ९ सय ९६ मत पाउँदा रामले ८ सय ५५ मत पाएका छन्। औपचारिक घोषणा हुन भने बाँकी छ। पहिलो प्रदेश कार्यसमिति चयनका लागि बिहीबार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो। मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म खसेको थियो। जसमा तीस मत बदर भएको छ।
सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित चुनावी मैदानमा उत्रिएको थियो भने इतर पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको थियो।
कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका थिए। त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam