भोलि बिहान ६ बजेदेखि देशभर लक डाउन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भोलि (मंगलवार) बिहान ६ बजेदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमवार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन् । सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ ।

TOP