डोरी तान प्रतियोगिता उपाधी महाराजगन्जलाई

माधव बेल्वासे, चन्द्रौटा ।

कपिलवस्तुमा जिल्ला स्तरीय डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । जिल्लाको कृष्णनगर नगरपालिका वडा ८ बहादरगंजमा भएको प्रतियोगितामा पुरुष तर्फ महारजगञ्ज नगरपालिका प्रथम भएको छ । मायादेवी गाउँपालिले द्धितिय र बुद्धभूमि नगरपालिकाले तृतीय स्थान हासिल गरेका छन् । महिला तर्फ वाणगंगा नगरपालिका प्रथम,बिजयनगर गाउँपालिका द्धितिय र शुद्धोदन गाउँपालिकाले तृतीय स्थान हासिल गरेको जिल्ला डोरी तान सङ्घका अध्यक्ष मीनराज बेल्वासेले बताउनुभयो ।

जिल्लाको शिवराज नगरपालिका बाहेक अन्य ९ पालिकाका पुरुष र महिला समूहको सहभागिता रहेको थियो । गत वर्ष प्रथम स्थान पाएको पालिकामा कार्यक्रम गर्ने नियमानुसार यस वर्ष कृष्णनगर नगरपालिका क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरेको अध्यक्ष बेल्वासेले बताउनुभयो । कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले गत वर्ष बिजेता भएर नगरको शान राखेकोले यस वर्ष नगरमा कार्यक्रम गरिएको बताउनुभयो ।

डोरी तान प्रतियोगिताले खेलाडी थप उर्जा दिनुका साथै खेल तर्फ आर्कषण गराउने बताउनुभयो । जिल्ला डोरी तान सङ्घ कपिलवस्तुको आयोजनामा भएको उक्त प्रतियोगितामा मैत्रीपूर्ण खेलको लागि भारतका दुई समूह पनि सहभागी भएका थिए । खेलले खेलाडीहरू बिच आत्मीयता सँगै खेलको विकासमा मद्दत पुग्ने जनाइएको छ । खेलमा प्रथम पुरस्कार १५ हजार मेडल,द्धितिय पुरस्कार १२ हजार मेडल,र तृतीय पुरस्कार १० हजार मेडल प्रदान गरिएको छ ।

खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३

कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…

TOP