सिरहामा दुई दिन निषेधाज्ञा
काठमाण्डाै – सीके राउत नेतृत्वको जनमत पार्टीले आमहड्ताल र चक्काजाम गरे पछि जिल्ला प्रशासन कार्यालय सिरहाले दुई दिनका लागि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा लागू गरेको छ । आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कार्यालयले विज्ञप्ति निकालेर यो अवधिभर कुनै भेला हुन, राजनीतिक सभा र गतिविधि गर्न तथा बाहिर हिँडडुल गर्न नपाउने जनाएको छ । तर, यो समयमा राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडक खण्डमा गाडी भने चल्ने विज्ञप्तिमा भनिएको छ ।
नियमको उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुने विज्ञप्तिमा उल्लेख छ । पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपासका क्षेत्र तथा चोहर्वादेखि सिरहा सडक खण्डको पेट्रोल पम्पसम्म र यो मार्गको ५ सय मिटर पूर्व-पश्चिम आसपासका क्षेत्रसम्म कर्फ्यु लागू भएको छ ।

-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam