जन्ती बोकेको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो

रौतहट : रौतहटमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्। रौतहटको गढिमाइ नगरपालिका ३ गम्हरियाबाट परोहा नगरपालिका जाने क्रममा मंगलबार अपरान्ह करिब ४ बजे गौर चन्द्रपुर सडक खन्ड अन्तरगत जयनगरमा दुर्घटना भएको हो ।

दुर्घटनामा गढिमाइ नगरपालिका ३ का सेख नौसाद, सेख सैनुल्लाह, सेख मोसाफिर, अरोज आलम, सेख अबुलैस र गढिमाइ ३ कै अजि बुलाहको मृत्यु भएको छ। अजि बुलाहको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पाँचजनाको घट्नास्थलमा मृत्यु भयेको थियो।

घाइतेमध्ये १ जनाको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा र दुई जनाको गरुडास्थित ग्रान्डी अस्पताल उपचार भैरहेको छ।  तीब्र गतिमा रहेको जीप बिजुलीको खम्बामा ठोक्किरए दुर्घटना भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भन्डारीले जानकारी दिए। 

TOP