माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
काठमाडौं : नेकपा माओवादी केन्द्रको निर्वाचन आयोगले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। उम्मेदवारको मनोनयनलगायत कार्यक्रम सार्वजनिक गरेको आयोगले बन्दसत्रको प्रस्तावअनुसार हिजोका सबै कार्यक्रम स्थगन गरेको थियो।
सर्वसहमतिमा नेतृत्व चयनका लागि प्रयास भइरहेको जानकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बन्दसत्रमा जानकारी गराएपछि थप कार्यक्रम आज दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।
आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठका अनुसार संशोधित निर्वाचन कार्यक्रमअनुसार आज २ बजेदेखि ३.३० बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गरिनेछ। ३.४० मा उम्मेदवारको मनोनयन पत्रको दर्ता सूची प्रकाशन गरिनेछ।
उम्मेदवारको विरोधमा उजुरी दिने समय ४ बजेका लागि तय गरिएको छ। उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना दिनका लागि ४.१० बजेसम्मको समय दिइएको छ।
आयोगका अनुसार उजुरीमाथि छानबिन गरी ४.४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । उम्मेदवारी फिर्ताका लागि ५.३० बजेसम्मको समय दिइएको छ। उम्मेदवारको अन्तिम नामावली ५.४५ बजे प्रकाशन गरिनेछ।
आयोगका अनुसार आज साँझ ६.२५ बजेदेखि १०.२५ सम्म निर्वाचनका लागि समय निर्धारण गरिएको छ। माओवादीमा २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने व्यवस्था गरिएको आयोगका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
भदौ १४, २०८३
कपिलवस्तु, १४ भदौ । राष्ट्रिय विपत्तिको अवस्थामा हुन सक्ने सम्भावित रगत अभावलाई मध्यनजर गर्दै कपिलवस्तुको शिवराज नगरपालिका-३, खरेन्द्रपुरमा आयोजित एकदिवसीय…



ghanashyam