एमालेले राष्ट्रियसभामा उठाउने भयो यी १९ उम्मेदवार
काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभा सदस्यका उम्मेदवारहरू टुंगो लगाएको छ। आइतबार साँझ बसेको सचिवालयको बैठकले माघ १२ गते हुने राष्ट्रियसभा सदस्यका लागि हुने चुनावका लागि १९ सिटका उम्मेदवारको टुंगो लगाएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उपप्रमुख रिजालका अनुसार यी हुन् एमाले उम्मेदवार
प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे (झापा), महिलातर्फ सुमित्रा भण्डारी (झापा) र अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा (सोलुखम्बु) छन्।
प्रदेश २ : मा खुलातर्फ असर्फी भिनवार यादव (धनुषा) र महिलातर्फ बिना साह (रौतहट) छन्। त्यस्तै, बागमतीमा खुलातर्फ गोपाल शाक्य (ललितपुर) र महिलातर्फ निरकुमारी कुँवर (निरु दर्लामी) (सिन्धुली) छन्।
त्यस्तै, गण्डकीमा खुलातर्फ पुण्यप्रसाद पौडेल (कास्की), महिलातर्फ लीला पोखरेल थनेट (नवलपुर) र दलिततर्फ गोविन्दबहादुर नेपाली (बाग्लुङ) छन्।
लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता ९दाङ०, महिलातर्फ भारती खनाल (बाँके) र दलिततर्फ कृष्णबहादुर सुनार (गुल्मी)
कर्णालीमा खुलातर्फ चूडामणि शर्मा (सुर्खेत), महिलातर्फ गंगा थापा महत (जुम्ला) र अल्पसंख्यकतर्फ पदमबहादुर माझी (दैलेख) छन्।
सूदूरपश्चिममा खुलातर्फ डिल्लीराज भट्ट (डोटी), महिलातर्फ सन्तोषकुमारी शर्मा (कैलाली) र दलिततर्फ नरेश बिक (बैतडी) छन्।
१२ माघ हुने निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता हुँदैछ। राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि सत्तारूढ दलहरूले पनि सिट बाँडफाँड गरिसकेका छन्।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ पाँच दलीय गठबन्धन बैठकले कांग्रेसलाई ६ सिट, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लाई ५-५ सिट, जनता समाजवादी पार्टी, नेपाललाई २ सिट र राष्ट्रिय जनमोर्चालाई १ सिट दिने निर्णय गरेको छ। गठबन्धनसामु एमालेलाई आफ्ना ८ सिट जोगाउनुपर्ने चुनौती छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam