निमित्त वन निर्देशक बिष्टविरुद्ध ६ करोड ८७ लाख रूपैयाँ भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज बिष्टविरुद्ध ६ करोड ८७ लाख ५७ हजार ८० रूपैयाँ भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले आज (बुधबार) बिष्टउपर उक्त रूपैयाँ बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ। अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा विष्टविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
विष्टले सार्वजनिक सेवाको पदमा रहँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ। अख्तियारले विष्टकी पत्नी रुबी जि.सी. (विष्ट) समेतलाई प्रतिवादी कायम गर्न सम्पत्ति जफत गरी पाउन माग गरेको छ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam