भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा
भारी हिमपात र वर्षापछि अफगानिस्तानमा सङ्कटकालकाे घोषणा गरिएको छ । वर्षा र हिमपातले जनजीवन प्रभावित पार्न थालेपछि आपत्कालीन अवस्थाको घोषणा गरिएको अफगानिस्तानको विपद् व्यवस्थापन मन्त्रालयले जनाएको छ ।
अफगानिस्तानका ३४ प्रान्तमध्ये ३२ प्रान्तमा निरन्तर हिमपात र वर्षा भइरहेको छ ।
बाढी/पहिरोले धेरैजसो सडक बन्द भएका छन् । काबुललाई उत्तरी प्रान्तसँग जोड्ने सलाङ राजमार्ग पूर्णरूपमा बन्द भएको छ । थप सङ्कटको सामना गर्न तयारीका लागि मन्त्रालयले प्रभावित क्षेत्रका प्रदेश अधिकारीलाई निर्देशन दिएको समाचार संस्था एएफपीले जनाएको छ ।
प्रान्तहरूमा अत्यावश्यक सहयोग र सामग्री पठाइएको र वितरण भइरहेको मन्त्रालयका अधिकारी मुहम्मद अमिन मुबारिजले बताउनुभएको छ ।
फाेटाे साभार : इन्डिया टीभी न्युज
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam