काजकिस्तानमा सेनालाई ‘विना चेतावनी गाेली चलाउन’ आदेश
काठमाण्डाै – काजकिस्तानमा भइरहेकाे विराेध प्रदर्शन र हिंसाका बीच त्यहाँकाे सरकारले सेनालाई ‘विना चेतावनी गाेल चलाउन’ आदेश दिएकाे बीबीसीले जनाएकाे छ ।
काजकिस्तानका राष्ट्रपति कासिम जाेमार्त ताेकाएबले अल्माटी सहरमा ‘२० हजारकाे सङ्ख्यामा रहेका विराेधी प्रदर्शनकारी’ ले आक्रमण गरेकाे बताउनुभएकाे छ । अल्माटी सहर बढिरहेकाे तेलकाे मूल्यकाे विराेधमा भइरहेकाे विराेध प्रदर्शन र हिंसाकाे केन्द्र हाे ।
राष्ट्रपति तोकाएबले यस हिंसाका लागि विदेशमा तालिम लिएका ‘आतङ्कवादीहरू’ जिम्मेवार भएकाे दाबी गर्नुभएकाे छ । यद्यपि उहाँले याे दाबीकाे बारेमा कुनै स्पष्ट पार्नुभएकाे छैन ।
यसैबीच काजकिस्तानकाे अनुराेधमा रुसकाे नेतृत्वमा रहेकाे सेना काजकिस्तान पुगेकाे छ ।
काजकिस्तानकाे गृह मन्त्रालयले २६ सशस्त्र अपराधीलाई मारिएकाे र हिंसामा १८ सुरक्षा अधिकारी पनि मारिएका बताएकाे छ ।
त्यस्तै तीन हजारभन्दा धेरै मानिसलाई पक्राउ गरिएकाे गृह मन्त्रालयले जनाएकाे छ ।
यद्यपि प्रभावित क्षेत्रमा इन्टरनेट सेवा बन्द रहेकाे र निकै कम जानकारी सार्वजनिक भइरहेकाे छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पूरै देशमा ७० चेक प्वाइन्ट्स राखिएकाे छ ।
काजकिस्तानमा तेलकाे मूल्यमा भएकाे वृद्धिकाे विराेधमा प्रदर्शनकाे क्रममा हिंसा बढेकाे हाे । याे अवस्थालाई लिएर अमेरिका, बेलायत, फ्रान्सका साथै संयुक्त राष्ट्रले पनि सबै पक्षलाई संयम रहन अपिल गरेकाे छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam