सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल हुँदै
काठमाण्डाै – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौँ चरण अन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ । दिउँसो १ बजे दशरथ रङ्गशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अङ्कतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अङ्क छ । समान खेलमा तीन अङ्क मात्रै रहेको फ्रेन्ड्स पुछारमा छ ।
यस्तै पोखरा रङ्गशालामा दिउँसो दुई बजे मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब खेल्दैछन् । मनाङ अङ्क तालिकाको दोस्रो स्थानमा छ । उसको ७ खेलमा १६ अङ्क छ । च्यासल ७ खेलमा पाँच अङ्कका साथ पुछारबाट दोस्रो स्थानमा छ ।
दशरथ रङ्गशालामा आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । सातौँ स्थानमा रहेको एनआरटीको ७ खेलमा १० अङ्क छ । समान खेलमा ११ अङ्क रहेको त्रिभुवन आर्मी अङ्कतालिकाको चौथो स्थानमा रहेको छ ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam