अनलाइनमार्फत हुने ठगीमा सचेत हुन सरकारको आग्रह : गैरकानुनी कार्य भएमा कारबाही हुने
काठमाण्डाै – सरकारले अनलाइनमार्फत गैरकानुनी कार्य भएमा कारबाही गर्ने भएको छ । आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समय अनलाइनमार्फत विभिन्न स्वरुपका गैरकानुनी कार्य फस्टाएकाे भन्दै गृह मन्त्रालयले त्यस्ता कार्य गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो ।
अवैध क्रियाकलापबाट ठगी र असुरक्षा भएको गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले निकालेको विज्ञप्तिमा गाउँ/समाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फस्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य भइरहेको उल्लेख छ ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा विभिन्न गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam