कपिलवस्तुमा हुने महासंघको केन्द्रीय बैठकका लागि तयारी तिब्र
दिपक के.सी. ।
कपिलवस्तुमा हुने नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमितिको चौथो पूर्ण बैठकको तयारी तिव्र रुपमा भएको छ । सिद्धार्थ गौतम बुद्धले २९ बर्ष विताएको पवित्र स्थल तिलौराकोटमा यहि पुस ३० गते केन्द्रीय समितिको बैठक बस्ने भए पछि तयारी तिब्र पारिएको नेपाल पत्रकार महासंघका कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यले बताउनु भयो ।
केन्द्रिय समितिको बैठक सम्पन्न गर्न जिल्ला शाखाले अध्यक्ष बज्राचार्यको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । मूल आयोजक समितिमा जिल्लाका सम्पूर्ण पदाधिकारी सदस्य रहेका छन । मूल आयोजक समितिले विभिन्न उपसमिति पनि निर्माण गरेको अध्यक्ष बज्राचार्यले बताउनु भयो ।
बैठकलाई व्यवस्थित तबरले सम्पन्न गर्न नेपाल पत्रकार महासंघ कपिलवस्तु जिल्ला उपाध्यक्ष हरि अधिकारीको संयोजकत्वमा व्यवस्थापन उपसमिति, उपाध्यक्ष स्वेता योगिको संयोजकत्वमा स्वागत उपसमिति, कोषाध्यक्ष मोहन बेल्वासेको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरि तयारीलाई तिब्रता दिईएको जिल्ला अध्यक्ष बज्राचार्यले बताउनु भयो । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यसमिति पुस २९ गते कपिलवस्तु आउने र माघ १ गते फर्किने कार्यक्रम रहेको बज्राचार्यले बताउनु भयो ।
केन्द्रिय समितिको बैठक सगैँ बुद्ध स्थलको रुपमा परिचित तिलौराकोट, कुदान, गोटिहवा, अरौराकोट, जगदिशपुर ताल लगायतका स्थानहरुको अध्ययन अवलोकन गराउने कार्यतालिका रहेको नेपाल पत्रकार महासंघ कपिलवस्तुले जनाएको छ ।
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भदौ १४, २०८३
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका…



ghanashyam