अतिक्रमित जग्गा फर्काउने अभियानमा एकीकृत समाजवादी निकट युवा संघ
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, नेपालले पशुपति क्षेत्रका सार्वजनिक सम्पत्ति अतिक्रमित भएको निष्कर्ष निकाल्दै फिर्ता ल्याइ छाड्ने प्रतिबद्धता जनाएको छ।
पशुपति क्षेत्र परिसरभित्र निर्मित धर्मशालाको शनिबार दिउँसो अनुगमन गर्न पुगेको युवा संघ नेपालको टोलीले सो धर्मशालासमेत व्यापारिक प्रयोजनको निम्ति दिएको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ।
टोलीले देशभरिका अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैसँग आग्रह गरेको छ।
पशुपति क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिसमेत अतिक्रमित भएकाले रोक्न आफूहरूले अनुगमन शुरु गरेको संघका अध्यक्ष नरेश शाहीले जानकारी दिए।
संघले देशभरिका सबै सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन नदिन अनुसन्धान शुरु गरेको पनि बताए।
अध्यक्ष शाहीले नारायणहिटी संग्रहालय, नेपाल ट्रष्ट, रेडियो नेपालको खुमलटारका जग्गासमेत अतिक्रमणमा परेको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफूहरूले पहल शुरु गर्नु परेको बताए।
उनले भने, ‘तपाईंहरूले देख्नु भएको छ। सार्वजनिक सम्पत्ति लुटिने प्रयास भएको छ। त्यसलाई रोक्न, हामीले सार्वजनिक सम्पत्ति दुरुपयोग हुन नदिन छानबिन समिति बनाएका छौं। यो धर्मशालालाई पनि व्यापारिक प्रयोजनका लागि दिइएको रहेछ। यो काम रोक्न म आग्रह गर्दछु। र, सार्वजनिक सम्पत्ति जहाँजहाँ अतिक्रमित भएका छन्। त्यसलाई हामी रोक्नेछौँ। त्यस काममा सहयोग गर्न म पत्रकार मित्रहरूसहित सबैलाई हार्दिक अपिल गर्दछु।’
युवा संघ, नेपालले नारायणहिटी संग्रहालयमा बतास समूहले बनाउन लागेको रेस्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवादसमेत दिए।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam