विश्वमा एकै दिन थपिए ३० लाखभन्दा बढी कोरोना संक्रमित
एजेन्सी-पछिल्लो २४ घण्टामा विश्वभर ३० लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा मात्रै करिब सात लाख रहेका छन्।
यस्तै‚ फ्रान्समा ३ लाख २९ हजार, भारतमा २ लाख ६७ हजार, इटलीमा १ लाख ८६ हजार र स्पेनमा १ लाख ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको हो। अर्जेन्टिनामा १ लाख ३९ हजार, अस्ट्रेलियामा १ लाख ३४ हजार, ब्राजिलमा १ लाख ११हजार र बेलायतमा करिब १ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ।
उक्त अवधिमा विश्वभर सात हजारभन्दा कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा अमेरिकाका १ हजार ८८३, रसियाका ७३९, भारतका ४३०, पोल्याण्डका ४२३, इटलीका ३६०, बेलायतका २७० र ब्राजिलका २३८ जना रहेका छन्।
यस्तै‚ कोरोना संक्रमणबाट हालसम्म विश्वभर मृत्यु हुनेको संख्या ५५ लाख ४६ हजार पुगेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam