आर्मीको अपराजित यात्रा जारी‚ फ्रेन्ड्सविरुद्ध ३-१ ले विजयी
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा नवौं चरणसम्म कायमै राखेको छ।
लिगमा चौथो जित निकाल्ने क्रममा आर्मी क्लब कुपन्डोलको फ्रेन्ड्सलाई ३-१ ले पराजित गर्दै उपाधि होडमा कायमै रह्यो।
९ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लिदा आर्मी क्लब दोस्रो स्थानको मनाङसँग २ र शीर्ष स्थानको मच्छिन्द्रसँग ३ अंकले पछि रहेको छ।
नवौं चरणसम्म अपराजित यात्रा जारी राखेको आर्मीले लिगमा ४ जितसहित ५ बराबरी खेलेको छ। आर्मी पछिल्ला दुई खेलमा लगातार विजयी हुँदै उपाधि होडमा समेत अघि बढेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० औं मिनेटमै जगजित श्रेष्ठले आर्मीलाई सुरुवाती अग्रता दिलाए। ४४ औं मिनेटमा दिनेश हेम्जनले आर्मीका लागि दोस्रो गोल गर्दै टोलीलाई पहिलो हाफमै २-० को अग्रता दिलाए।
दोस्रो हाफमा फ्रेन्ड्सले खेलमा फर्काउन प्रयास गरेको थियो। डिफेन्डरको गल्तीमा जमाउल एन्थोनीले फ्रेन्ड्सका लागि पहिलो गोल गरे तर त्यसपछि पनि आर्मीले खेलमा दबाब राख्दै ७१ औं मिनेटमा तेस्रो गोल गर्यो। सुमन अर्यालले आर्मीलाई ३-१ को अवस्थामा पुर्याउन सफल भए।
नवौं चरणसम्म जितविहीन रहेको फ्रेन्ड्सलाई यो हारले रेलिगेसन दबाब थप बढाएको छ। लिगमा चार खेल खेल्न बाँकी हुँदा फ्रेन्ड्सको खातामा केवल ३ अंक रहेको छ।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam