होटल तथा रेस्टुराँमा मास्क नलगाई आउनेलाई ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने
काठमाडौं : काठमाडौं उपत्यकामा विवाह, व्रतबन्धलगायतका धार्मिक कार्यमा २५ जनासम्म उपस्थित हुन पाउने भएका छन्। काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जारी गरेको आदेशमा धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक समारोहमा २५ जनासम्म सहभागी हुन पाउने निर्णय गरेको जानकारी दिइन्।
होटल तथा रेस्टुराँमा कोही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई प्रवेश निषेध गर्नुपर्नेछ।
यस्तै होटल तथा रेस्टुराँका कामदारले अनिवार्य रूपमा मास्क, फेससिल्ड र पञ्जा लगाउनुपर्ने छ।
त्यसैगरी होटल तथा रेस्टुराँमा प्रवेश गर्ने सबै सेवाग्राहीले मास्क अनिवार्य गर्नुपर्ने तथा होटल तथा रेस्टुराँले कुल क्षमताको आधाभन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ।

-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam