कोरोनाविरुद्धको खोप बेचेको र किनेर लगाएको पाइए कारबाही
काठमाडौं : सरकारले कोरोनाविरुद्धको खोप बेचेको वा किनेर लगाएको पाइए कारवाही हुने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप निःशुल्क लगाइरहेको जनाउँदै बेचेको वा किनेर लगाएको पाइए कारबाही हुने चेतावनी दिएको हो।
‘कोभिड-१९ विरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेको छ‚’ मन्त्रालयले भनेको छ‚ ‘अवैध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेछ।’
कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाए स्थानीय प्रशासन‚ प्रहरी‚ स्थानीय तह वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन पनि मन्त्रालयले अनुरोध गरेको छ। यस्तै‚ बजारमा लुकिछिपी बेच्न राखिएका खोप नक्कली हुने सक्ने भन्दै मन्त्रालयले सचेत गराएको छ। मंगलबार संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २५ लाख डोज खोपको कहीं कतै रेकर्ड नै नभेटिएको बताएका थिए।
-
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
-
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
भदौ १४, २०८३
१४ भदौ, काठमाडौं । तीन वर्षअघि घरेलु मैदानमा रचेको इतिहास दोहोर्याउँदै पुनः एसिया कपमा पुग्ने लक्ष्यका साथ नेपाली टोली एसीसी…



ghanashyam