नाइजेरिया विजेता तथा इजिप्ट उपविजेता बन्दै नकआउट
एजेन्सी-अफ्रिकन कप अफ नेशन्सअन्तर्गत समूह ‘डी’ मा इजिप्ट अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ। बुधबार राति भएको निर्णायक खेलमा सुडानलाई १-० ले पराजित गर्दै इजिप्ट ६ अंकका साथ समूहको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान बनाउन सफल भयो।
पहिलो हाफमा लिएको अग्रता नै इजिप्टलाई अन्तिम १६ मा पुग्न पर्याप्त रह्यो। इजिप्टका लागि अब्देलमोनेम मोहम्मद अहमेदले ३५औँ मिनेटमा बेखितको एसिस्टलाई सुदुपयोग गर्दै टिमलाई अग्रता दिलाए।
जुन अग्रता नै निर्णायक बन्यो। दोस्रो हाफमा पनि मोहम्मद सलाहको इजिप्टले गोलका केहि प्रयास गरेपिन सफल भएन।
त्यस्तै, नाइजेरिया समुहचरणका सबै तीन खेलमा जित निकाल्दै ९ अंकका साथ शिर्ष स्थानमा रहँदै विजेताका रुपमा नकआउटमा स्थान बनाउन सफल भयो। नाइजेरियाले गिनि बिसुलाई २-० ले पराजित गरेको थियो।
इजिप्ट भने पहिलो खेलमा नाइजेरयासँग पराजित हुँदा दोस्रो खेलमा गिनि बिसुमाथि जित निकालेको थियो। अन्तिम खेलमा सुडानलाई पराजित गरेसँगै नकआउटमा स्थान पक्का गर्यो।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…



ghanashyam